
भरतपुर । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
अघिल्लो पटक मेयरमा पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली चितवन एमालेका इन्चार्ज पनि हुनुहुन्छ ।
विजय सुबेदी बाग्मती प्रदेशसभा सदस्य समेत हुनुहुन्छ् । २०७४ सालमा भएको निर्वाचनमा उहाँले चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट जित्नुभएको थियो ।
अष्टलक्ष्मी शाक्य छोटो समय बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा उहाँ सामाजिक विकास मन्त्री समेत बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्