
एजेन्सी । रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेपछि उसले कयौं युक्रेनी नागरिकलाई आफ्नो कब्जामा लिएको छ ।
रुसी सेनाको कब्जामा परेका ती युक्रेनी नागरिकहरु शवहरुसँगै बस्न बाध्य भएका बीबीसीले जनाएको छ ।बीबीसीले जनाए अनुसार युक्रेनको राजधानी कीभबाट उत्तर दिशामा १ सय ४० किलोमिटर पर चेर्निहाइभ शहरको बाहिरी भागमा अवस्थित येहिड्रे गाँउ रुस र बेलारुसको सीमाना नजिक छ । रुसी सेनाले करिब एक महिनादेखि त्यो गाँउ कब्जा गरेको थियो । जब रुसी सैनिकहरू त्यस गाँउमा प्रवेश गरे, उनीहरूले स्थानीय महिला पुरुष र बालबालिकालाई बन्दूक देखाउँदै घरबाट बाहिर निकालेर स्थानीय विद्यालयको तहखाना अर्थात बेसमेन्टमा बस्न बाध्य पारे । झण्डै ७ सय वर्ग फिटको त्यो बेसमेन्टमा चार साता सम्म १ सय ३० जनालाई राखिएको थियो । ६० वर्षीय माइकोला क्लिमचक ती व्यक्तिमध्ये एक हुन् ।

माइकोलाले जब बीबीसी लाई त्यहाँ लगे केही पाइला ओर्लिएपछि बेसमेन्टमा पुगिन्छ जहाँ सडेको दुर्गन्धको सामना गर्नुपर्छ । त्यो तहखानामा केहि गद्दा, लुगा, जुत्ता र किताबहरू जमिनमा छरिएका थिए । बेसमेन्टको बीचमा केहि बालबालिकाको ओछ्यान र एउटा कुनामा भाडाँकुँडा छरिएका थिए । माइकोला भन्छन् उनी एक भित्तामा बाँधिएका थिए ।उनी उभिएकै भरमा रहनु पर्दथ्यो । किनकी त्यहाँ आधा मिटर ठाँउ मात्रै थियो, उनी त्यहाँ उभिएर निदाँउने गर्थे । उनले रुदैँ भनेका छन् “मैले आफुलाई रेलिङमा बाधेर राखेको थिए म नलडु भनेर ।” उनले लगभग २५ रात यसरी बिताए । त्यहाँ ४० बालबालिका थिए जसमा नवजात शिशु पनि थिए ।

जब रुसी सेनाले चेर्निहिभमा आक्रमण गरे, तिनीहरू पहिले येहिड्रे जस्ता गाउँहरूमा पुगे । त्यहाँ रूसी सैनिकहरूले स्थानीयको कडा प्रतिरोधको सामना गर्नुपरेको थियो । त्यपछि रुसी सेनाले ३ लाख मानिसहरूको बसोबास रहेको यो शहरमाथि बम बारुद बर्षायो । त्यहाँका मानिसहरुले भाग्ने मैका नपाउन् भनेर रुसी सेनाले कीभ सडक र वोड्नो पुल पनि भत्काइदियो । त्यस तहखानमा रहेका अधिकांश वृद्धवृद्धाको मृत्यु भएको छ । उनीहरुको मृत्यु के कारणले भयो भन्ने खुलेको छैन । माइकोला भन्छन् – “मृत्यु भएका शवहरूलाई रुसी सेनाले दिनहुँ हटाउदैनथ्यो । बाहिर निस्कन पनि युद्धका कारण सकिदैनथ्यो सोहि कारण शवहरूबीच बस्नु पर्ने बाध्यता थियो” ।
रुसले युक्रेनमाथि बिना कारण आक्रमण गरेको आज (आइतबार) ४६ दिन पुगेको छ । तर, युद्ध कहिले रोकिन्छ भनेर भन्न सकिने अवस्था छैन् । यो युद्ध झन्–झन् भयानक बन्दै गएको छ । रुसी सेनाले युक्रेनको विभिन्न भौतिक संरचनाहरू तहस नहस पारेको छ । १ करोड युक्रेनीले देश छोडिसकेका छन् । थुप्रै युक्रेनीले ज्यान समेत गुमाएका छन् । रुसको यस्तो विनासकारी कदमबाट विश्वका प्रायजसो देशहरू रुससँग रुष्ट भएका छन् भने कतिपय देशहरूले रुसमाथि प्रतिबन्ध समेत लगाएका छन् । सोहि प्रतिबन्धका कारण रुसी नागरिकहरू पनि रुसी राष्ट्रपति भ्लयादिमिर पुटिन सँग रुष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्