१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बास्केटबल लिग जेठमा हुने


52
Shares

काठमाडौं । नेपाल बास्केटबल लिग (एनबिएल)को आगामी संस्करण जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।

आज (आइतबार) आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गर्दै एनबिएल तेस्रो संस्करणको एनबिएलबारे जानकारी गराएको हो । एनबीएल पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने छ । दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो ।

लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा हुनेछ । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउनेछन । प्लेअफका खेलहरु असार ३२ बाट सुरु हुने छन । पुरुष तर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुने छन् । लिगमा पुरुषतर्फ ८ टोलीले सहभागिता जनाउँदा महिला तर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब, रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले सहभागिता जनाउनेछन् ।

त्यस्तै, महिला तर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागीता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरुण कार्कीले जानकारी दिनुभयो ।

एनबिएल पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउँदा महिला तर्फको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।