२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यात्रुलाई बोझ हुने गरी भाडा नलिन गृहमन्त्रीकाे आग्रह


286
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ।

एकैठाउँमा जाँदा पनि फरकफरक भाडा लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको उहाँको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनको आज (आइतबार) काठमाडौंमा उद्घाटन गर्दै गृहमन्त्री खाँडले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानून तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भिरतापूर्वक लिएको बताउनुभयो ।

साेही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिशनमा नभएको गाडी संचालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताउनुभयो । मन्त्री यादवले प्रदुषण फैल्याउने खालका गाडीहरु संचालन गर्न नहुनेतर्फ पनि व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।