२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागमती प्रदेश सरकारले उच्च शैक्षिक संस्थाहरू स्थापना गर्छ : मुख्यमन्त्री पाण्डे

अनुसन्धानका क्षेत्रमा प्रदेशलाई अघि बढाउने प्रतिबद्धता

78
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरू स्थापना गर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा जारी स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू स्थापना गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवर्द्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर बागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रलाई सबल, सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।

यस्तै, नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाउनुभयो । अहिले देशमा विदेशी मुद्राको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्नेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।