
एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ ।
पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध झन भीषण बन्दै गइरहेको छ । रुसले जसरी पनि युक्रेनलाई नियन्त्रणमा लिन खोजेको छ भने युक्रेनका सेनाले रुसी सेनाको डटेर सामना गरिरहेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार देश नछोडेर बसेका युक्रेनका नागरिकको पीडा र भोगाइलाई शब्दमा बयान गरेर सकिदैन् । युद्धकै क्रममा रुसी सेनाले युक्रेनको रुबीजेन शहरमा रहेको रासायनिक ट्याङक पूरै ध्वस्त पारेको छ ।
नाइट्रिक एसिडले भरिएको ट्याङकमा रुसी बमबारीका कारण आगो लागेर ध्वस्त भएको हो । युक्रेन भन्दा कयौं शक्तिशाली रुसले युक्रेनलाई सहजै नियन्त्रणमा लिन सकिने अनुमान गरेको थियो । तर युक्रेनी सेना पछि नहटेपटि रुसले युक्रेनमाथि जित हासिल गर्न सकेको छैन । युक्रेनमाथि रुसले गत फेब्रुअरी २४ बाट बिना आक्रमण सुरु गरेको थियो । रुस र युक्रेनबीच युद्ध भएको सोमबार ४७ दिन पुगिसकेको छ । यसैबीच युक्रेनले ११ रुसी हवाई आक्रमणलाई असफल बनाएको दाबी गरेको छ । साथै यो युद्धमा अहिलेसम्म रुसका २२ हजार सैनिक मारिएको युक्रेनी दाबी छ ।
युद्धबाट बच्न १ करोड युक्रेनी नागरिकहरुले युक्रेन छोडिसकेका छन् । तर कतिपयका परिवार युक्रेनमै छुटेका छन् । आफ्ना आफन्तको अवस्था कस्तो छ उनीहरु मारिए या जीवितै छन् भन्ने कुराको जानकारी देश छोड्नेहरुले पाउन सकेका छैनन् । रुसी सेनाले महिला,बालबालिका तथा बृद्ध बृद्धा माथि पनि आक्रमण गरेको छ । रुसी सेनाले युक्रेनी नागरिकका घरभित्र पसेर महिलाहरु माथि बलात्कार गरेको,कतिपयलाई आफ्नै परिवारको अगाडि घिसारेर सडकमा ल्याएर गोली हानेको युक्रेनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्