१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने


65
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

बैठक दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । बैठकमा स्थानीय तह निर्वाचन, घोषणापत्र र विविध विषयमा छलफल हुने पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिले अहिले विभिन्न वर्ग र क्षेत्रका मानिससँग राय सुझाव लिइरहेको छ । यसैक्रममा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूको धारणा र सुझाव लिन बैठक बोलाइएको हो ।

यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बैठकले सत्ता साझेदार दलहरूसँग गठबन्धन गरेर जाने निर्णय गरेको थियो ।