
काठमाडौं, चैत १२ । कोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर आएका यात्रुहरुमध्ये नवलपरासीका पनि दुई जना रहेको पाइएको छ ।
युवती चढेर आएको जहाजमा सवार यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा नवलपरासीका दुई जना पनिसँगै आएको पाइएको हो ।
काठमाण्डौं निवासी युवती गत चैत ४ गते फ्रान्सबाट कतारको दोहाहुँदै काठमाण्डौं आएकी थिइन् । उक्त जहाजमा रहेका यात्रुमध्ये दुई जना नवलपरासीका रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
तिमध्ये एक जना पश्चिम नवलपरासी र अर्का पूर्वी नवलपरासीका रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।
गृहमन्त्रालयले जहाज चढेर आएका १ सय ५८ जनाको सूची पठाएको छ । उनीहरुको नागरिकता नम्बरको आधारमा खोजी भएको हो ।
एक जना पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाका ३२ वर्षीया युवक र अर्का पूर्वी नवलपरासी देवचुली नगरपालिकाका रजहरका ३७ वर्षीया युवक रहेको बताइएको छ ।
उनी सेल्फ क्वारेन्टाइनमा छन् । घरमै रहन दिनेकी स्वास्थ्य संस्थामा लैजाने भन्नेबारे चिकित्सकहरुसँग छलफल भइरहेको बताइएको छ ।
पूर्वी नवलपरासीका युवक भने लामो समयदेखि काठमाण्डौं बस्दै आएकोले सोही अनुसार जानकारी गराइएको जिल्ला प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्