
एजेन्सी । पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।
सोमबार दिउँसो संसद भवनमा पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
‘संसदीय दलले आयातित सरकारको विरुद्धमा संसद सदस्यबाट राजीनामा दिने निर्णय गरेको छ’, पीटीआई केन्द्रीय सूचना सचिव फारुख हबीबले ट्वीटमा पुष्टि गर्नुभयो ।
सो निर्णयपछि केही सांसदहरूले संसदबाट राजीनामा दिएको ट्विटरमा घोषणा गरेका छन् । पार्टीको घोषणापछि मुराद सइदले नेसनल एसेम्ब्लीको सदस्यबाट राजीनामा दिनुभएको छ ।
पार्टी निर्णयपछि संसद् सदस्यबाट राजीनामा दिने उहाँ पार्टीको पहिलो सांसद हुनुहुन्छ । पार्टीको नीतिअनुसार आफूले राजीनामा दिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्