
चितवन, चैत १२ । चितवन प्रहरीले लकडाउनको उलंघन गर्ने १९ जनालाई पक्राउ गरेको छ ।
प्रशासनको आग्रहविपरित अनावश्यक रुपमा निस्केका १९ जनालाई प्रहरीले पक्राउ गरेको हो । फक्राउ पर्नेहरुमा १ जना महिला र १८ जना पुरुष छन् ।
उनीहरुलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै लकडाउनको उलंघन गर्ने २ सय ३३ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको विभिन्न स्थानमा अत्यावश्यक सेवा बाहेकका व्यक्तिले चलाएका सवारी साधनहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१५ वटा मोटरसाइकलको चावी लिएर सवारीसाधन पठाइएको र अन्य २ सय ३३ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्