१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कोरोना संक्रमित युवक कतारबाट आएका र होटलमा बसेका थिएः मन्त्री ढकाल


0
Shares

काठमाडौं, चैत्र १२ । कोरोना भाइरसबाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ ।

संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार दिएका हुन् ।

काठमाडौं आएपछि उनी होटलमा बसेको र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेको ढकालले जानकारी दिए ।

त्यहाँ संकलित स्वाबको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।