
जनकपुरधाम, चैत १२ । प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण भएको आशंकामा ३५ जना व्यक्तिलाई महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको क्वारेन्टाइन स्थलमा राखेर परीक्षण गरिएको छ ।
प्रदेशमा केही व्यक्तिमा शंकास्पद लक्षण देखिएकाले उनीहरुलाई परीक्षण गरिएको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव जानकारी दिए ।
२६ जनालाई परीक्षणपछि घर फर्काइको र ९ जनाको स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए । ९ जनालाई क्वारेन्टाइन स्थलमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्