
काठमाडौं । रुपन्देहीका केरा किसानहरुले बेला बखत आईलाग्ने समस्याको समाधान नभएको गुनासो गरेका छन् । केरामा लाग्ने रोग विरुद्धको किटनाशक औषधी नपाउने तथा भारतबाट आउने केराका कारण सस्तोमा बेच्नु पर्ने जस्ता समस्या भोग्नु परेको उनीहरुले बताएका छन् ।
बजारमा १ सय ५० रुपैँया दर्जनसम्म बिक्री भैरहेको केराको मुल्य किसानले २० देखि २५ रुपैँयासम्म मात्र पाउँदै आएका छन् । उत्पादन गर्ने किसान चौतर्फी मर्कामा परेको किसानहरुले गुनासो गरेको छन् ।
यता, पछिल्लो समय केरामा दपटे र गवारो रोगको प्रकोप पनि देखिएको छ । त्यस्तै, भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसकेर केरा खेती गर्ने किसानहरु पनि घट्दै गएका छन् भने कतिपय किसानहरुले थोरै जग्गामा मात्र केरा खेती गरिरहेका छन् । कृषि विमा अन्तर्गतको केरा खेतीमा पनि विमा त्यति प्रभावकारी रहेको छैन ।
यस्तै, हावाहुरी तथा असिनापानीका कारण किसानको लाखौँको केराहरु नोक्सानी पनि हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्