१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अलैंचीमा रोग लागेपछि रुकुम पश्चिमका किसानहरु चिन्तित


65
Shares

काठमाडौं । रुकुम पश्चिमका किसानले अलैंची खेतीबाट घाटा व्यहोर्नु परेको बताएका छन् ।

अलैंचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा घाटा व्यहोर्नु परेको उनीहरुको भनाई छ ।

थोरै मेहनतले पनि मगन्य आम्दानी गर्न सकिने भन्दै अरु बाली मासेर अलैंची लगाएका किसानहरु अलैंचीमा किरा तथा रोग लागेपछि चिन्तित बनेका हुन् ।

जिल्लाका त्रिवेणी र मुसिकोट नगरपालिकाका विभिन्न स्थानमा गरिएको अलैंची खेतीबाट किसानलाई घाटा भएको छ ।

अलैंचीमा छिर्के रोग लगायतका समस्या देखिएको र पात सुक्दै गएको किसानहरुले बताएका छन् । अलैँची खेतीका लागि रुकुम पश्चिमका ६ वटै स्थानीय तह उपयुक्त मानिन्छ । अलैंची खेतीमा सरकारी अनुदान पनि रहेको छ ।