
काठमाडौं, चैत १२ । काठमाडौंका अस्पतालहरुमा स्थापना गरिएको ज्वरो क्लिनिकहरुमा परीक्षण गराउन आउनेहरुको संख्या भने निकै कम रहेको छ ।
हाल सबै सरकारी अस्पतालहरुले ज्वरो, रुघाखोकी देखिएका विरामीकाको मात्र परिक्षण गर्न छुट्टै क्लिनिक बनाएको थियो ।
मंगलबारबाट सञ्चालनमा ल्याइएको त्रिवि शिक्षण अस्पतालको क्लिनिकमा १९ जना मात्र विरामी आएका थिए, ति मध्ये १ जनालाई आइसोसेलन वार्डमा राखिएको छ ।
यस्तै यता वीर अस्पतालमा पनि परीक्षण गर्न आउनेको संख्या कम छ भने पाटन अस्पतालमा परीक्षण गराउन आएका मध्ये ५ जनालाई आइसोलेसन वार्डमा राखिएको छ ।
यता टेकु अस्पतालमा पनि ५ जना नै आइसोलेन वार्डमा राखिएको छ । थप एक जना विरामी आए फकाउनु पर्ने अवस्था हुने अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्