
Web Pic
काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् ।
रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड सेरचनको स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।
ट्रयाक्टर अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ बाग्लुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्