२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पेस्तोल सहित दुई पक्राउ


130
Shares

काठमाडौं । जनकपुरको रामानन्द चोकबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिकाका ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरीको मनरासिस्वा नगरपालिकाका १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेका छन् ।

ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हतियारसहित दुवै जना हिडेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रकारी कार्यालय धनुषाले जनाएको छ ।

दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।