
बझाङ, चैत १२ । कोरोना भाइरसका बिरामीको उपचारका लागि जिल्ला अस्पताल बझाङले २५ बेडको आइसोलेशन वार्ड तयार पारेको छ ।
जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बुधबार २५ बेडको नयाँ आइसोलेशन वार्ड तयार पारिएकोे जानकारी दिए ।
जसमा नेपाल रेडक्रस सोसाइटी बझाङ र नेपाली सेनाको सहयोगमा ४ बेड सहितको टेण्टमा आईसोलेशन वार्ड निर्माण गरिएको हो ।
कोरोनाको नियन्त्रण तथा रोकथामका लागि जिल्ला अस्पताल बझाङले औषधि, स्वास्थ्यकर्मी तथा अन्य सामाग्रीहरुको समेत तयारी पूरा गरेको डाक्टर ओखेडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्