
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले पद तथा गोपनियताको शपथ लिनु भएको छ ।
मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
शपथपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले दाहाललाई संघीय संसदको प्रतिक चिन्ह समेत प्रदान गर्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ नाता पर्ने उहाँलाई सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्