१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंकले शुरु गर्यो बैंकिङ एप, एमबीएलएम–स्मार्ट


208
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएलएम–स्मार्टको सुरुवात गरेको छ ।
यसअघि बैंकले मोबाइल मनी (एमथ्री)को रुपमा संचालनमा रहेका मोवाइल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमाआधारित परिस्कृत र परिमार्जित गरी एमबीएलएम–स्मार्टको रुपमा शुभारम्भ गरेको हो । डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित माछापुच्छ्रे बैंकले एमबीएलएम–स्मार्ट एप संचालनमा ल्याएको हो ।
विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको एमबीएल एम–स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने मोवाइलबाटै खाता खोल्न सकिने, मोवाइल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्नेलगायतका सुविधा भएको बताइएको छ।

बैंकले एमबीएल एम–स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ एप सञ्चालनमा ल्याएको जनाएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको छ ।