
काठमाडौं । निर्वाचन आयोगले यसपालीको निर्वाचनदेखि देशव्यापी रूपमा आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ ।
गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो ।
आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचासंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्रस्तरीय संयन्त्र भने रहने छैन ।
निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचारसंहिता पालनाको अनुगमन गरिरहेको थियो ।
अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रीकरण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्