२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


एएफसी फुटसल एसियन कप छनोट : तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ८–१ ले पराजित


104
Shares

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो ।

हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल जितविहीन बनेको छ । नेपाल अंकविहीन बनेर घर फर्किने भएको छ ।

छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो ।

यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तान एसिया कपमा छनोट भएका छन् । उज्वेकिस्तान शीर्ष स्थान र ताजिकिस्तान दोस्रो भएर एसिया कपमा पुगेका हुन् ।