
एजेन्सी । श्रीलंकाको अर्थ मन्त्रालयले अन्तरिम अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ ।
श्रीलंकाको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशको वित्तीय अवस्था थप खस्कन नदिन यस्तो निर्णय लिएको बताएको छ ।
साथै ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।
श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएको बेला सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न नसक्दा राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् ।
२ करोड भन्दा धेरै जनसंख्या भएको श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तुको हाहाकार मच्चिएको छ । नागरिकहरू भने दैनिक रूपमा सडकमा उत्रिएर सरकारको विरोध गरिरहेका छन् ।
विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर टिकाटिप्पणी भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएएमएफ) ले अनुदान घोषणा गर्नुअघि नै श्रीलंकाले यसरी ऋण नतिर्ने जनाएको हो । यसैबीच श्रीलंकाले चीनसँग पनि थप ऋण सहायता माग गरेको छ ।
अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइरहेकै बेला चीन संग थप ऋण माग गरेको हो ।
श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको जनाएको छ ।
श्रीलंकामा पछिल्लो समय आर्थिकस्थिती खस्कँदो अवस्थामा रहनुका साथै खाद्यान्न अभावल भएपछि त्यहाँका जनता मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्