
अर्घाखाँची । भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ ।
रोजगारीका लागि भारत गएका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा परि मंगलबार मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारका नगर कमिटीका सचिव तारा सोमरेले बताएका छन ।
आगलागीको समयमा उनी बाहिर निस्कन नसक्दा घटनास्थलमै मृत्यु भएको सचिव तारा सोमरेले बताएका हुन् । उक्त चाट भण्डारमा कामगर्ने अन्य ९ जना नेपालीले भने भागेर ज्यान जोगाएका छन ।
एक महिना अघिदेखि राम चाट भण्डारमा मुखियाले काम गदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्