
Web Pic
काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबि राईको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरी चौकी मानेभङज्याङले जानकारी दिएको छ ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।
ट्याक्टर चालक भने फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्