
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा रहेका छन् ।
करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनीहरुलाई आज रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्