१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुङ्गामा जिप दुर्घटना हुँदा २ को मृत्यु, चार गम्भीर


221
Shares

काठमाडौं । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट विराटनगर हिँडेको जिप दुर्घटनामा परेको हो । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भैरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।