
काठमाडौं, चैत १३ । नेपाल आयल निगमले आधा भरिएको सिलिण्डर मात्र बजारमा पठाउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बजारमा ग्यास सिलिण्डर धेरै भएकाले यसको व्यवस्थापन गर्न आधा सिलिण्डर मात्र ग्यास भर्न निर्देशन दिएको जानकारी दिए ।
उपभोक्ताले घरमा धेरै सिलिण्डर थुपार्दा सिलिण्डर बजारमा निस्किन नपाएकाले यस्तो निर्देशन दिनुपरेको पौडेलले बताए ।
यद्यपि, उनले ग्यासको आपूर्तिमा भने कुनै समस्या नभएको उनले बताए । ग्यास व्यवसायीहरुले भने निगमको निर्देशन कार्यान्वयन गर्ने नगर्ने बारेमा मन्त्रीसँग छलफल गर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्