२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


देशका लागि कस्तो छ २०७९ साल ?


1.482k
Shares

काठमाडौं । २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरूले बताएका छन् ।

नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीति अवस्था समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताउनुभयो ।

उहाँकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरू देखिने भए पनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ ।

यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिए पनि आन्तरिक रूपमा कलह नै रहने सोडारीले बताउनुभयो ।

ज्योतिषाचार्य सोडारीले यस वर्ष शैक्षिक संस्थाहरू, धार्मिक क्षेत्रहरू, बौद्धिक व्यक्तित्वहरू भूमिका राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरे पनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने बताउनुभयो ।

यसवर्ष दक्षिणतर्फको सीमामा केही समस्या आउनसक्ने, भूक्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुनसक्नेछ ।

धनु, मकर र कुम्भ राशीलाई माघ २७ भन्दा पहिला साढे सातको दशा पर्नसक्ने सम्भावना रहेका छन् भने अढैया दशा, माघ २७ भन्दा पहिला मिथुन र तुला राशीलाई पर्ने उहाँले बताउनुभयो ।

माघ २७ पछि भने शनि कुम्भ, राशीमा पुग्ने र त्यसपछिका दिनमा मकर, कुम्भ र मिन राशीलाई साढे सातको दशा रहेको र ककर्ट र वृश्चिक राशीलाई अढैयाको दशा रहको छ ।

नेपालको राशीमा पनि माघ २८ पछि अढैया दशा लाग्नेछ । अर्थात् त्यसपछिका दिनमा आन्तरिक कलहले नेपाललाई सताउनेछ । यसवर्ष मौसमको दृष्टिकोणले पनि समग्रमा त्यति राम्रो नरहेको उहाँले बताउनुभयो ।

यस वर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना रहेको छ । त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने ज्योतिषाचार्य सोडारीले बताउनुभयो । यसवर्ष आर्थिक रूपमा पनि समग्रमा नराम्रो रहेको छ ।

यसवर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रहगोचरहरूले देखाएको बताउनुभयो । सबैले सोचेर काम गर्ने हो भने देश शंकटमा नफस्ने पनि उहाँले बताउनुभयो ।

निर्माणका लागि पश्चिमी देशहरूले अनावश्यक आश देखाएर देशमा आन्तरिक कलह निम्तिन सक्ने ग्रहगोचर भएको भन्दै उहाँले बेलैमा सचेत रहनुपर्ने बताउनुभयो ।

त्यस्तै यस वर्षको आर्थिक अवस्थामा देश कमजोर नै रहने बताउनुभयो । ज्योतिषाचार्य सोडारीले वैशाख ३ गतेदेखि १८ गतेसम्म कालसर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताहरूले होस नपु¥याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताउनुभयो ।

त्यस्तै ज्योतिषाचार्य सेडारीले कृषिको क्षेत्रमा यसवर्ष मध्यम समय रहेको बताउनुभयो । पश्चिमी देशहरूबाट वर्षभर नै सचेत रहनुपर्ने ग्रहगोचरले देखाएको उहाँको भनाइ छ ।

ज्योतिषाचार्य सोडारीले साउन १२ देखि कार्तिक ३ गतेसम्म शनि वक्र रहेकोले पश्चिमी देशहरूले निर्माणको रूपमा हात हालेका कामहरूको विषयलाई आन्तरिक कलहको विषय बनाएर आन्तरिक द्वन्द्व फैलाउन सक्ने ग्रहगाचर रहेको बताउनुभयो ।