
web pic
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप दुर्घटना हुँदा चालक जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्