७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तालबाराही र विध्यवासिनी मन्दिरमा दर्शनार्थीहरुको घुँइचो


403
Shares

पोखरा । नयाँ वर्षको पहिलो दिन आज बिहीबार पोखराको तालबाराही र विध्यवासिनी लगायतका विभिन्न मन्दिरमा दर्शनार्थीहरुको घुँइचो लागेको छ ।

पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू पोखरा आएका हुन् ।

दर्शनका लागि फेवातालमा डुंगा चढेर मन्दिर जानेहरूको दिनभर दर्शनार्थीको घुइँचो लागिरहेको छ । घुइँचो बढेपछि डुंगा व्यवसायीहरूले समेत थप डुंगाको व्यवस्था गरेर दर्शनार्थीहरूलाई ओहोर दोहोर गराएका छन् ।

बिहीबार मात्रै करीब ४० हजार बढीले दर्शनार्थीहरूले मन्दिरको दर्शन गरेको र अझै दर्शनार्थीहरु थप भएको व्यवस्थापन समितिले जनाएको छ ।

कोरोनाले थलिएको यो क्षेत्रमा मानिसको भिड बढदा केहि राहत मिलको डुंगा व्यवसायी बताउँछन ।

पोखराको विन्ध्यबासिनी, भद्रकाली, गुप्तेश्वर लगायतका मन्दिरमा पनि दिन भर भीड लागेको छ ।