१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दाउन्ने ट्रक र बस ठोक्कियो, २६ जना घाइते


156
Shares

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमासवारी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

बिहीबार विहान करिब ११ बजे विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र लु २ ख ८४० नम्बरको ट्रक ठोक्किँदा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।

तीन जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र १६ जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।