
बारा । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको आधाभार जंगलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाईं रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्