
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिहरू माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाउनुभएको छ ।
बिहीबार खुमलटारमा आयोजित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँलृ उक्त आरोप लगाउनुभएको हो ।
नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको स्वीकार गर्नुभयो ।
जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा अध्यक्ष दाहालको जोड थियो ।
अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरूको रिहाइका लागि आफूले पहल गर्ने समेत उहाँले बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको उहाँको आरोप छ ।
नव प्रवेशीहरूका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरूलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्