१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड सहयोग


0
Shares

काठमाडौं, चैत १३ । नेपालमा कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भीजी फाउन्डेसनले एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

ग्रुपले निकालेको विज्ञप्तिमा, ‘यो संकटविरुद्ध लागि परेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरुप्रति गर्व छ । आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ’ भनिएको छ ।

कोरोना भाइरसको त्रास सुरु भएयता भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथलीस्थित प्रसुती गृह र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्क वितरण गरेको पनि जनाएको छ ।

आफ्नो स्रोत र सीपको माध्यमबाट मुलुकलाई सहयोग गर्ने प्रतिबद्धता पनि भीजी फाउन्डेसनले गरेको छ ।