१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुग्लिन-नारायणगढ सडकमा अझै पुल बन्न सकेन


234
Shares

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन ।

सडकको स्तरोउन्नतीपछि पनि पुराना पुलहरु पुरै विस्थापित नहुँदा यात्रामा जोखिम बढेको छ । यो सडक खण्डमा १५ वटा पक्की पुल निर्माणको कार्य भईरहे पनि कहिलेसम्म काम सम्पन्न हुन्छ भन्ने टुंगो छैन ।

सडक आयोजनाका इन्जिनियर दीपिका घोरासैनीले प्याकेज १ र प्याकेज २ गरी पुल निर्माणको कार्य भइरहेको भन्दै प्याकेज १ अन्तर्गत ७ वटा र प्याकेज २ अन्तर्गत ८ वटा पुल निर्माणको कार्य भइरहेको बताउनुभयो ।

तुईन र चिसेन्जीमा भौगोलिक चट्टानी भूगोलका कारण काममा ढिलाई भईरहेको उहाँको तर्क छ ।