१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु, २ घाइते


676
Shares

काठमाडौं । काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

यस्तै, घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बस र बसचालकलाई प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।