२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललितपुर महानगरको मेयरमा कांग्रेसबाट ७ जनाको नाम सिफारिस


897
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसको ललितपुर महानगर कार्यसमितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित ७ जनाको नाम प्रदेशमा पठाएको हो ।

सिफारिस हुनेहरुमा बहालवाला मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल दुवै जना परेका छन् । यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याँछ्यो, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम पनि महानगर कार्यसमितिले सिफारिस गरेको छ ।

सिफारिस गरिएका नामहरु प्रदेश कमिटीले केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवारको टिकट दिने छ ।

ललितपुर नगर समितिले उपमेयरका लागि भने नाम सिफारिस गरेको छैन ।

ललितपुरमा एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई मेयरको उम्मेदवार तोकिसकेको छ ।