१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै


65
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुनेछ ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् ।