२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुनसरीमा बस र ट्याम्पो जुध्दा एकको मृत्यु, एक गम्भीर घाइते


143
Shares

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–४ देविस्थानमा आज शुक्रबार बिहान बस र ट्याम्पो एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भेडेटारबाट धरानतर्फ आउदै गरेको को २ ह ७०४१ नम्बरको ट्याम्पो र धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ४४८० नम्बरको बस एक आपसमा जुध्दा ट्याम्पो चालक धरान उपमहानगरपालिका–१७ का ४० वर्षीय खड्क विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी ट्याम्पोमा सवार ताप्लेजुङकी १५ वर्षीया उषा लिम्बुको धरान स्थित वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।