
काठमाडौं । वरिष्ठ पत्रकार हरिविनोद अधिकारी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित हुनु भएको छ ।
अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते विभूषण प्रदान गर्नु भएको हो । विभूषण पाउनुहुने वरिष्ठ पत्रकार अधिकारी लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । अधिकारीलाई पत्रकारिता क्षेत्रमार्फत राष्ट्रमा योगदान पुर्याएको भन्दै सरकारले विभूषण दिएको हो ।
सिन्धुलीमा जन्मिनु भएका पत्रकार अधिकारी ईमेजखबर डटकमका स्तम्भकार समेत हुनुुहुन्छ । उहाँ पत्रकारिताका अलावा शिक्षण पेशमा समेत संलग्न हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्