
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरूप्रति सम्मान र उनीहरूको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताउनुभयो ।
विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यमबाट योगदान पु¥याउँदै जानुपर्ने आवश्यक्ता रहेको उहाँको भनाइ छ ।
अरनिकोलगायतका ललितकलाका पुञ्जहरूले आफ्नो कलाको माध्यामबाट विश्वसामू नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पार्नुभयो ।
ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँले बताउनुभयो ।
उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरूको समस्या र चुनौतिहरूलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्