१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सुदूरपश्चिममा कोरानाको आशंकामा २७ जनाको नमूना संकलन


0
Shares

कैलाली, चैत १४ । कोरोनाभाइरस संक्रमणको आशंकामा सुदूरपश्चिमबाट अहिलेसम्म २७ जनाको नमूना संकलन गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिलेसम्म सुदूरपश्चिमका विभिन्न अस्पतालहरुबाट २७ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जनाएको छ ।

२७ जनामध्ये १४ जनाको रिर्पोट नेगेटिभ आएको बताउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले १३ जनाको बुधवार मात्रै नमूना पठाएको बताए ।

१४ जनाको हवाइ सेवामार्फत स्वाव पठाइएकोमा लकडाउनपछि बाँकी १३ जनाको भने महाकाली अस्पतालको गाडीमा स्वाव पठाइएको उनले जानकारी दिए ।

कोरोना संक्रमित नेपाली युवतीसंगै आएका धनगढीका एक युवक आफ्ना भाईसहित अहिले सेती अस्पतालको आईसोलेसनमा छन् । ती युवकको अहिलेसम्म स्वाव पठाउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले जानकारी दिए ।

अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा ९ जनालाई राखिएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कसैमा पनि कोरोना भेटिएको छैन ।