१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि


130
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९८६ जनाको पिसिआर र २ हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार ४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

हाल देशभर ४०० जना सक्रिय संक्रमित छन् ।