१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा गठबन्धनबाट बाहिरियो जसपा, मधेशकेन्द्रीत दलसँग मिलेर जाने


273
Shares

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा मधेशकेन्द्रित दलहरूले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै मधेशवादी दलहरूसँग तालमेलमा अग्रसर भएको हो ।

जनता समाजवादी पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग गठबन्धन गरेर चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गर्दै चार वटै पार्टीले चुनावी तालमेल गर्ने सहमति भएको बताए ।

उनीहरूले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा आवश्यकता अनुसार अरु दलहरूसँग पनि गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरे ।