१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


देउवाले सरकारलाई आग्रह गरे राहत प्याकेज ल्याउन


0
Shares

काठमाडौं, चैत १४ । नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्लालादरमा कम नहुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ती जारी गर्दै दिनभर काम गरेर साँझ खाने वर्गलाई लकडाउनले सबैभन्दा बढी असर पुर्‍याएकाले उनीहरुलाई सरकारले तोकेको न्युनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न माग गरेका छन् ।

त्यस्तै न्युन आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ ।

कांग्रेसले २० लाखसम्म ऋण लिएका साना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज पुरै मिनाहा गर्न र ठूला व्यवसायिकका हकमा ऋणको ब्याजदर घटाउनुका साथै हालको किस्ता तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन माग गरेको छ ।

साप्ताहिकपछि दैनिक पत्रिका बन्द हुने स्थितिमा पुगेकाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न काँग्रेसलले माग गरेको छ ।