१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्ता गठबन्धनमा गडबडको संकेत

पर्सामा गठबन्धन टुट्यो, चितवनमा ५० जना बढी असन्तुष्ट कांग्रेस कार्यकर्ताले दिए राजिनामा

3.484k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा गडबडको संकेत देखिएको छ ।

केन्द्रमा गरिएको चुनावी तालमेलको सहमति जिल्ला हुँदै स्थानीय तहसम्म पुग्दा तोडिन थालेपछि संस्थागत गठबन्धनमाथि नै आशंका उत्पन्न भएको छ ।

देशैभर असन्तुष्टी बढ्न थालेपछि नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच पनि प्रतिस्पर्धा हुन सक्ने जनाएको छ ।

मनोनयनका लागि एक साता पनि बाँकी नरहे पनि सत्ता गठबन्धनले कुनै पनि स्थानमा साझा उम्मेदवार तय गर्न सकेका छैनन ।

केन्द्रमा सामान्य समझदारी भएको भनिएका महानगर तथा उपमहानगरहरुमा पनि स्थानीय तहमा कांग्रेस र माओवादीको दोहोरो दाबी देखिएको छ ।

यस्तै, गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले आफूहरुलाई कमजोर ठानेर सानो भाग दिए सह्य नहुने चेतावनी दिन थालेको छ । कतिपय जिल्लाहरुमा औपचारिक रुपमै गठबन्धन दलहरुले छुट्टाछुट्टै चुनाव लड्ने निर्णय समेत गर्न थालेका छन् ।