
काठमाडौं, चैत १४ । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ३४ बर्षिय एक पुरुषमा संक्रमण भेटिएको स्वास्थ्यमन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।
यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्