१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाईनै सिध्याइदिन्छ : सभामुख सापकोटा


377
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिनुभएको छ ।

भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसकोविरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याईदिने बताउनुभएको हो । उहाँले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उहाँले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खवरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताउनुभयो ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्ने छ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुनेगरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गर्नुभयो ।