
काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान गरेको छ ।
काठमाडांैमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरेको हो ।
बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीलगायतले सेफ टीमलाई सम्मान गरेको हो ।
बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली परिकारलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो ।
उहाँले यस कार्यले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्